Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

5th AGM Notice

2012-12-17
सन्राइज बैंक लिमिटेडको

पाँचौं बार्षिक साधारण सभा सम्बन्धि सूचना 

मिति २०६९ मंसिर २७ गते (१२ डिसेम्बर २०१२) बसेको यस बैंकको संचालक समितिको १३५ औं वैठकको निर्णयानुसार बैंकको पाँचौ बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न बिषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुँदा सम्पूर्ण शेयरधनी महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
 

सभा बस्ने मिति, समय र स्थान 

मिति : २०६९ पौष २६ गते (तद्नुसार १० जनवरी २०१३), बिहीबार
समय : बिहान १०ः३० बजे ।
स्थान : अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ ।
 

छलफलका विषयहरु

क.   सामान्य प्रस्तावहरु :
  • अध्यक्षज्यूको मन्तव्य तथा आर्थिक बर्ष २०६८/६९ को संचालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने ।
  • लेखापरीक्षकको प्रतिवेदन सहितको २०६९ आषाढ मसान्तको वासलात, मिति २०६८ श्रावण १ गतेदेखि मिति २०६९ आषाढ मसान्त सम्मको नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका सम्बन्धित अनुसूचिहरु छलफल गरी पारीत गर्ने ।र्
  • आर्थिक बर्ष २०६९÷७० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरीक्षक एम.खनाल एण्ड कं. कम्पनी ऐन, २०६३ को दफा १११ अनुरुप पुनः नियुक्त हुन योग्य रहेको ।)र्
  • सञ्चालक समितिले सिफारिस गरे बमोजिम रु. १०,६०,५२,६३१/५८ अर्थात चुक्ता पुँजीको ५.२६३१६ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।र्
  • संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने समूह (क) अन्तर्गतका शेयरधनीहरुका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ६ (छ) जना सञ्चालकहरुको निर्बाचन गर्ने ।
 
ख.     विविध :
संचालक समितिको आज्ञाले,
               
टिका भट्टराई
कम्पनी सचिव
 

साधारण सभा सम्बन्धी अन्य जानकारी 

  • बैंकको शेयर दाखेल खारेजको काम मिति २०६९ पौष ९ गते देखि २०६९ पौष २६ गते सम्म बन्द रहने छ । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडमा मिति २०६९ पौष ८ गतेसम्म कारोबार भई मिति २०६९ पौष १९ गते भित्र यस बैंकका शेयर रजिष्ट्रार श्री सिभिल क्यापिटल मार्केट लिमिटेडमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन, मतदान गर्न तथा नगद लाभांश पाउन सक्ने छन् ।
  • सभामा भाग लिन इच्छुक शेयरधनी महानुभावहरुलाई सभा हुने दिन शेयर प्रमाणपत्रमा उल्लिखित परिचय नम्बर सहित बैंकद्वारा जारी गरिएको प्रवेशपत्र साथमा लिई आउन हुन अनुरोध छ । प्रवेशपत्र प्राप्त नगर्नु भएका शेयरधनीले आफ्नो कुनै एक सक्कल शेयर प्रमाणपत्र र परिचय खुल्ने कुनै प्रमाण (जस्तै नागरिकता प्रमाणपत्र वा अन्य कूनै फोटो सहितको परिचयपत्र) साथमा लिई आउनु हुन अनुरोध छ । सभामा भाग लिन प्रत्येक शेयरधनी महानुभावले सभा हुने स्थानमा उपस्थित भई सभास्थलमा रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नु पर्ने छ । हाजिरी पुस्तिका बिहान ९ः३० बजेदेखि खुल्ला रहने छ ।
  • सभामा भाग लिनका लागि प्रतिनिधी (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनी महानुभावले बैंकको अर्को शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ र सो सम्बन्धी प्रतिनिधि पत्र सभा शुरु हुनु भन्दा ७२ घण्टा अगावै बैंकको शेयर रजिष्ट्रार श्री सिभिल क्यापिटल मार्केट लिमिटेड, काठमाडौं प्लाजा, कमलादी, काठमाडौंमा दर्ता गराई सक्नु पर्नेछ ।
  • नावालक वा विक्षिप्त शेयरधनीको तर्फबाट बैंकको शेयर लगत कितावमा संरक्षकको रुपमा नाम दर्ता भएको ब्यक्तिले सभामा भाग लिन वा प्रतिनिधी तोक्न पाउने छन् ।
  • संयुक्त रुपमा शेयर खरिद गरिएको अवस्थामा लगत कितावमा पहिले नाम उल्लेख भएको ब्यक्ति अथवा सर्वसम्मतबाट प्रतिनिधी नियुक्त गरिएको एक ब्यक्तिले मात्र सभामा भाग लिन र मतदान गर्न पाउनेछन् ।
  • सभामा भाग लिनका लागि प्रतिनिधी नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनी आफैले भाग लिन वा प्रतिनिधी फेरवदल गर्न चाहेमा सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै सोको सूचना बैंकको शेयर रजिष्ट्रार श्री सिभिल क्यापिटल मार्केट लि. मा दर्ता गरिसक्नु पर्नेछ । अन्यथा प्रतिनिधी फेरवदल हुन सक्ने छैन । तर, सभामा सम्बन्धित शेयरधनी स्वयं उपस्थित हुन आएमा शेयरधनीले गरिदिएको अख्तियारनामा स्वतः वदर हुनेछ ।
  • कुनै शेयरधनीले एकभन्दा बढी शेयरधनीलाई प्रतिनिधी नियुक्त गरेको रहेछ भने वदर गरेको अवस्थामा वाहेक त्यस्ता प्रतिनिधीपत्र स्वतः खारेज हुनेछ ।
  • डर्.  अपभ)उचयतभअतभम)ज्ञडैसंचालक निर्वाचन सम्बन्धि विस्तृत कार्यक्रम निर्वाचन अधिकृतले निर्धारण गरिदिए अनुसार बैंकको बैंकको प्रधान कार्यालय, गैह्रिधारा, काठमाडौंको सूचना पाटीमा टांस गरिनेछ ।
  • उम्मेदवार हुन चाहने संस्थापक शेयरधनीले बैंकको कम्तीमा १०० (एक सय) कित्ता शेयर धारण गरेको र बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०६३, बैंकको नियमावली तथा बैंकको संचालक निर्वाचन कार्यविधि निर्देशिका, २०६६ बमोजिम योग्य हुनुपर्नेछ ।
  • छलफलको बिषय मध्ये विविध शिर्षक अन्तरगत केही जिज्ञासा भए इच्छुक शेयरधनीहरुले सभा हुनुभन्दा ७ दिन अगावै सो विषय कम्पनी सचिवमार्फत सञ्चालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु हुन अनुरोध छ ।
  • अन्य जानकारीका लागि बैंकको शेयर रजिष्ट्रार श्री सिभिल क्यापिटल मार्केट लिमिटेड तथा बैंकको प्रधान कार्यालय, गैह्रिधारा, काठमाडौंमा सम्पर्क राख्नु हुन अनुरोध छ ।
 
पुनश्चः सम्पुर्ण शेयरधनी महानुभावहरुलाई शेयरधनी लगतमा कायम रहेको सम्बन्धित ठेगानामा साधारणसभाको सूचना र बैंकको आर्थिक विवरण सहितको बार्षिक प्रतिवेदन पठाउने ब्यवस्था गरिएको छ । ठेगाना पूरा नभएका तथा उक्त कागज प्राप्त नगर्नु भएका शेयरधनी महानुभावहरुले वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको बार्षिक प्रतिवेदन प्राप्त गर्न यस बैंकको कुनै पनि शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्नुहुनेछ । साथै, सो सम्बन्धी जानकारी यस बैंकको website: www.sunrisebank.com.np मा उपलब्ध गराइएको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A