Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंक लिमिटेडको आधारभूत कर तथा लेखा नीति सम्बन्धी अभिमुखिकरण कार्यक्रम

2016-09-05
प्रेस विज्ञप्ति

काठमाडौं, भाद्र १५, २०७३ । सनराइज बैंक लिमिटेडले आधारभूत कर तथा लेखा नीति सम्बन्धी दोस्रो अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलंकी र कालीमाटी शाखाहरूले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन सोही बैंकका सहायक महाप्रबन्धक रबिन कुमार नेपालद्घारा गरियो । यस कार्यक्रमले परम्परागत रुपमा प्रदान गर्दै आएका वित्तिय सेवाहरुमा मात्र सीमित नरहेर आधुनिक सूचना प्रविधिको विकास संगसंगै व्यवसाय संचालममा पर्न सक्ने समस्याहरु र व्यवसाय संचालन पूर्व अपनाउनुपर्ने सामान्य विधिहरुको साथै व्यवसायलाई अपेक्षित रुपमा बृद्धि गर्नु उद्यमीको प्रमुख चुनौती रहेको परिवेश र यथार्थलाई मध्यनजर राख्दै बैंकले आफ्ना ग्राहक वर्गमा वित्तीय परामर्श पु¥याउने हेतुले Sunrise Bank Advisory Cell को स्थापना गरी आफ्ना क्रियाकलापलाई देशव्यापी रुपमा रहेका शाखा संजाल मार्फत विद्यमान ग्राहकवर्ग तथा समग्र साना तथा मझौला उद्यमीहरु समक्ष पु¥याउने उद्देश्यका साथ अगाडि बढेको कुरा श्री रबिन कुमार नेपालज्यूले जानकारी गराउनुभयो ।

यस बैंक “हामी संग संगै” भन्ने मूल नाराका साथ अगाडि बढिरहेको अवस्थामा आफ्ना ग्राहकहरुलाई “आधारभूत कर तथा लेखा नीति” सम्बन्धि सामान्य जानकारी दिने उद्देश्यले आफ्ना क्रियाकलापहरूको शुरुवात गरी भविष्यमा अझ सशक्त भूमिका निर्वाह गरी थप कार्यक्रमहरु संचालनमा ल्याउने प्रतिबद्घता व्यक्त गरेको छ । बैंकले विशुद्ध रुपमा नाफामूलक क्रियाकलापमा मात्र आफ्ना गतिविधिहरुलाई सीमित नराखी संस्थागत सामाजिक उत्तरदायित्व (CSR) वहन गर्ने अभिप्रायले यस्ता कार्यक्रमको तर्जुमा गर्न गईरहेको जानकारी गराएको छ ।
यसै सन्दर्भमा बैंकले नेपालको कर तथा लेखा क्षेत्रमा चिरपरिचत र अनुभवी चार्टड एकाउन्टेन्ट श्री सुर्दशन राज पाण्डेलाई स्रोत व्यक्तिको रुपमा प्रस्तुत गरेको छ । वहाँको दक्षता र अनुभवबाट कार्यक्रममा सहभागी साना तथा मझौला उद्यमीहरूले भरपुर लाभ लिन सक्नुहुनेछ भन्नेमा यस बैंक पूर्ण विश्वस्त छ ।

यस कार्यक्रममा उद्यमीहरूलाई निम्न विषय वस्तुका बारेमा जानकारी गराइयो ।
१. सामान्य लेखाशास्त्रका सिद्धान्त ।
२. चालुपूँजी व्यवस्थापनका आधारभूत नियमहरु ।
३. नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता   प्रमाण ।
४. व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने अन्य सामान्य कुराहरु जस्तै व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A