Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइजकॊ माइक्रो बैंकिङ्ग सेवा आरम्भ

2014-04-23

प्रेस विज्ञप्ति 

काठमाण्डौं, वैशाख ०८, २०७१ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवालाई समावेशी बनाउन ग्रामीण क्षेत्रका ग्राहकवर्गहरुलाई लक्षित गरि दिगो परिवर्तनका लागि भन्ने मूल नारा सहित सन्राइज माइक्रो बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र मान प्रधानज्यूले शाखा कार्यालय फर्पिङ्ग अन्तर्गत छैमले गा.बि.स. वडा नं. ३ मा गठन भएको “चौकोट देबी सन्राइज समूह”का स्थानीय महिलाहरुलाई समूह जमानीमा कृषि एवं ब्यापार ब्यवशाय प्रयोजनका लागि बिनाधितोकर्जा प्रदान गरि यो सेवाको उद्घाटन गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रधानले बैंकले प्रदान गर्ने सेवालाई समावेशी सरल बित्तीय पहुंचमा नरहेका स्थानीयहरुलाई छिटो छरितो किसिमबाट ग्राहकमैत्री सेवा प्रदान गरि उनीहरुको दिगो आर्थिक उन्नतीमा सहयोग गर्दै यिनै साना ग्राहकहरुलाई भबिष्यमा सफल उद्यमी ब्यवशायी बन्नसक्ने र त्यसका लागि बैंकले ब्यवशायिक तालिम एवं बित्तीय पहुंचका अन्य कार्यक्रमहरु सञ्चालन गर्दैजाने बताउंदै यसले देशको कृषि, ब्यापार, सेवा लगायतका क्षेत्रको बिकास एवं अभिबृद्धि गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

उद्घाटनकै क्रममा श्री प्रधानले यो सेवा प्रदान गर्न हरेक शाखामा माइक्रो बैंकिङ्गका लागि छुट्टै कर्मचारीको ब्यवस्था गरिएको, हाल फर्पिङ्ग लगायत अन्य शाखा कार्यालयहरु सुरुङ्गा, बिराटचोक, र सुनवलबाट र देशका बिभिन्न भागमा रहेका बैंकका अन्य शाखाहरुबाट पनि क्रमशः यो सेवा प्रदान गरिने बताउनुभयो । सोही अवसरमा ऋणी ग्राहक लक्ष्मी गजुरेल अधिकारीले बैंकबाट लिएको कर्जा सही सदुपयोग गर्ने र सन्राइज बैंकको यो सेवाले आफूहरुलाई कम ब्याजदरमा कर्जा प्राप्त गरि आर्थिक उन्नती गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा छैमले गा.बि.स.का समाजसेबी, बुद्धिजीबीहरु लगायत ७० जनाको उपस्थिती रहेको थियो ।

हाल बैंकको निक्षेप रु. २६ अर्ब ०८ करोड भन्दा बढी, कर्जा लगानी रु. २० अर्ब ९२ करोड भन्दा बढी, ग्राहक संख्या २ लाख ३० हजार भन्दा बढी तथा चुक्ता पूँजी रु. २ अर्ब १ करोड ५० लाख रहेको छ । बैंकको हाल शाखाहरुको संख्या ५१ र ए.टि.एम.को संख्या ६१ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २२ शाखाहरु र उपत्यका बाहिर २९ शाखाहरु रहेका छन् । बैंकले सन्राइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A