Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज कृषि कर्जा योजना

2012-06-18

काठमाण्डौ, आषाढ ०३, २०६९ 

सन्राइज बैंक लिमिटेडले सन्राइज कृषि कर्जा नामको नयाँँ कर्जा योजना बजारमा ल्याएको छ । बैंकको प्रधान कार्यालय सन्राईज प्लाजा,गैरीधारा,काठमाण्डौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र मान प्रधानले सो योजनाको बारेमा जानकारी दिनुभयो । हाल सो कर्जा सेवा बैंकका विभिन्न ११ वटा शाखाहरु इलाम, सुरुंगा,बिराटचोक, वर्दिवास, फर्पिङ्ग, लुभु, सुन्दरबजार, बेसीशहर, सुनवल र सुख्खडबाट प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

यस सन्राइज कृषि कर्जा योजनामा कृषि क्षेत्रमा कार्यरत किसान र सहकारी संस्थाहरुलाई ऋण प्रदान गरिने श्री प्रधानले बताउनु भयो । बैकको यस योजनाले निम्न तथा मध्यम वर्गका किसानहरुलाई प्रत्यक्ष सहयोग पुग्ने जानकारी दिनु भयो । यस कर्जा योजनाले बैंकलाई कृषि क्षेत्रमा प्रत्यक्ष लगानी गर्दै बैंकिंङ्ग सेवा सम्म पहँँुच पुग्न नसकेका किसान र कृषिक्षेत्र संग सम्बन्धित सबैलाई सहयोग पुग्ने विश्वास  व्यक्त गर्नु भयो । उक्त योजनाले बैंकलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहयोग गर्ने पनि उहाँले बताउनु भयो । यस कर्जा योजना अन्तर्गत बैंकले रु. ५० हजार देखि ५ लाख सम्म कर्जा प्रदान गर्नेे र सो योजनामा न्यूनतम् रु १ हजारमा सन्राइज कृषि कर्जा बचत खाता र सन्राइज कृषि कर्जा कल एकाउन्ट संचालन गरिने जानकारी दिनु भयो । यस योजना अन्तर्गत सजिलै चाहे अनुरुप पशुपालन, आधुनिक कृषि औजार तथा कृषी सामाग्रीहरु खरिद गर्न साथै कृषि जन्य पुर्वाधारहरु जस्तै ट्रयाक्टर, इनार, ट्युबवेल, चिस्यान केन्द्र, कोल्ड स्टोरेज, प्रसोधन केन्द्र आदि निर्माण गर्नका लागि कृषि कर्जा सजिलै प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो  ।

आजको मितिमा बैंकको कुल निक्षेप रु १८ अर्ब ०८ करोड,कर्जा लगानी रु १४ अर्ब ८० करोड र ग्राहक संख्या १ लाख ९८ हजार भन्दा बढी रहेको छ भने बैंकको चुक्ता पँुजी रु  २ अर्ब १ करोड ५० लाख रहेको जानकारी गराउनु भयो । बैंकको हाल ४९ शाखा र ५६ वटा एटिएमहरु रहेका छन् । बैंकको काठमाण्डौं उपत्यकामा २२ र उपत्यका बाहिर २७ शाखाहरु रहेको जानकारी  श्री प्रधानले दिनु भयो ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A