Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 11 Total BLBs: 53

News

प्रेस विज्ञप्ति - असोज २५, २०६८

2011-10-12

काठमाण्डौं, असोज २५, २०६८ । सन्राइज बैंक लिमिटेडले स्थापनाको चौथो वर्ष पुरा गरी पाचौं वर्षमा प्रवेश गरेको अवसरमा तथा बैंकले आफ्नो सामाजिक दायित्व निर्वाह गर्ने क्रममा काठमाण्डौं नक्साल स्थित नेपाल बाल संगठनमा रहेका बालबालिकाहरुलाई कम्बल तथा मिठाइ प्रदान गरि आफ्नो चौथो बार्षिकोत्सव मनाएको छ ।

बैंकले आफ्नो चौथो बार्षिकोत्सव कार्यक्रम मनाउने क्रममा बैंक प्रागंणमा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रमको पनि आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उल्लेखीय सहभागीता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र मान प्रधानज्यूले आफ्ना समस्त ग्राहकवर्ग, नेपाल राष्ट्र बैक, नेपाल सरकार तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्नुभएको छ । बैंकलाई यहाँ सम्म पुर्‍याउनको लागि सहयोग तथा परिश्रम गरेका सम्पूर्ण कर्मचारीहरुलाई पनि धन्यबाद ज्ञापन गर्नु भएको छ ।

यस अवधिमा बैंकले उपत्यका भित्र र बाहिर गरी जम्मा ४७ वटा शाखा विस्तार गर्नुका साथै ५४ वटा ए.टी.एम बाट बैकिङ्ग सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

सन्राइज बैंक लिमिटेडले गत आर्थिक बर्ष २०६७/०६८ मा आफ्नो संचालन मुनाफा रु ३१ करोड गर्न सफल भएको छ । संचालनको ४८ महिनाको अवधिमा करिव १५ अर्व रुपैयाँ निक्षेप संकलन  गरि, १२.७५ अर्व रुपैयाँ भन्दा बढी लगानी गर्न सफल भएको छ साथै १ लाख ८० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा पुर्याउन पनि सफल भएको छ ।
 

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A