Total Branches: 139 Total ATMs: 159 Total Extension Counters: 12 Total BLBs: 90
असोज १९, २०७७ । सन्राइज बैंक र आई एम ई समूहद्वारा संचालित नेपालका लागि Ashok Leyland Brand का विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेड बिच (IME Motors Pvt. Ltd) सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल र आई एम ई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक श्री सन्दिप अग्रवालले हस्ताक्षर गर्नुभएको थियो ।
यस सहमतिपत्र अनुरुप, आई एम ई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ई एम आई (EMI) को आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।
Get easy access to bank forms & reports.
Find the nearest Branch & ATM’s.
Search and verify bank guarantee online.
We are here to listen to your voice.
I Would Like To