Total Branches: 139 Total ATMs: 158 Total Extension Counters: 11 Total BLBs: 53

News

सनराइज बैंक लिमिटेडको रु १ अर्ब रकम बराबरको ऋणपत्र जारी सम्बन्धी

2019-03-28

सनराइज बैंक लिमिटेडको रु १,०००/- अंकित दरको पाँच वर्ष अवधि भुक्तानी भएको वार्षिक १० प्रतिशत व्याजदर भएको अर्धबार्षिक ब्याज भुक्तानी गर्ने रु १ अर्ब रकम बराबरको ऋणपत्र खरीदका लागी आह्वानपत्र प्रकाशीत गरिसकेको छ । सो मध्ये ४,००,००० कित्ता बराबरको रु ४०,००,००,०० /- -अक्षरुपी चालीस करोड रुपैँया मात्र_ को (Debenture) सर्वसाधारणहरुमा सार्वजनिक निष्काशन (Public Issue) को माध्यमबाट बिक्री गर्नको लागि तथा ६,००,००० कित्ता बराबरको रु ६०,००,००,०००/- अक्षरुपी साठ्ठी करोड रुपैँया मात्र  ऋणपत्र (Debenture)  परिपत्र विधिबाट ९एचष्खबतभ एबिअझभलत० संस्थागत÷व्यक्तिहरुलाई बिक्रि खुल्ला गरेको छ । ऋणपत्र मिति २०७५/१२/२० बाट खरीद गर्न सकिने र उक्त निष्काशन छिटोमा मिति २०७५/१२/२५ र ढिलोमा मिति २०७६/०१/१९ सम्म खुल्ला रहनेछ । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सुचीकरण हुनुका साथै विभिन्न बैक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत लिन सकिनेछ । Care Rating Nepal Limited ले न्युन कर्जा जोखिम ““CARE NP  A”    रेटिङ्ग प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ४,००,००० कित्ताको लागी आबेदन गर्न पाउने ब्यवस्था रहेको छ ।

प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११८ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

We’re people helping people Here to help

Downloads

Get easy access to bank forms & reports.

Address

Find the nearest Branch & ATM’s.

Verify Guarantee

Search and verify bank guarantee online.

Your Feedback

We are here to listen to your voice.

Go To Last Visited Page
Sep 27 2020 Saving Account list inactive for last 10 years Sep 27 2020 Saving Account list inactive for last 10 years - 2 Sep 27 2020 Saving Account list inactive for last 10 years - 3 Sep 27 2020 Saving Account list inactive for last 10 years - 4 Sep 27 2020 Saving Account list inactive for last 10 years - 5 View All
Notice
Rate of Interest
SUNRISE MAHA BACHAT KHATA
4.00% P.A
SUNRISE BAL BACHAT KHATA
2.50% P.A