News & Events

Text Size: Decrease text size Increase text size

Sunrise Bank Launches New Deposit Product "Sunrise Pink Bachat Khata"
2010-01-26 - News

प्रेश विज्ञप्ति

काठमाण्डौं, माघ ११, २०६६ ।
सनराइज बैंक लिमिटेडले आफ्नो विविध सेवाहरुसंगै नारीहरुलाई विशेषत ध्यानमा राखि "सनराइज पिंक बचत खाता (Sunrise Pink Deposit Account)" नामक नयाँ बचत योजना सुरु गरेको छ।

१६ बर्षभन्दा माथिका नारी ग्राहकहरुका लागि ल्याइएको यस बचत योजनामा ग्राहकहरुलाई जन्मदिनको शुभकामना कार्ड, बैवाहिक वर्षाँठमा डिनर कुपन तथा विभिन्न व्यापारिक केन्द्र (Departmental Stores), हेल्थ क्लब इत्यादीमा विशेष छुट दिइने छ। उक्त बचत खातामा ग्राहकलाई बाषिर्क ७.५० % सम्म दैनिक मौज्दातमा ब्याज प्रदान गरिने तथा लकर सुविधामा विशेष छुट, ओभर ड्राफ्टको सुविधा, लोन प्रोसेसिङ्ग शुल्कमा छुट, शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क अनलाइन बैकिङ्ग सुविधा, चेक बुक, ATM Card, ABBS तथा एकाउण्ट स्टेट्मेन्ट प्रदान गरिने छ।

मुख्य कार्यालय गैरिधारा स्थित यस सनराइज बैंकका हाल २६ शाखाहरु र ३० वटा ए.टी.एम. हरु रहेका छन्। साथै यही माघ महिना भित्रनै बौद्धमा शाखा खोल्ने समेत बैंक द्वारा प्रकाशित प्रेश विज्ञप्तिमा जनाइएको छ।
 






Quick Access
Internet-Banking


Personal SolutionBusiness SolutionAbout UsNews & EventsHome

© Sunrise Bank Limited 2008. All Rights Reserved.  Terms & Conditions
Developed by Yomari.