News & Events

Text Size: Decrease text size Increase text size

Sunrise Twenty-Sixth Branch at SundarBazar
2010-01-04 - News

प्रेश विज्ञप्ती
काठमाण्डौं, पुस २०,२०६६। सन्राइज बैंक लिमिटेडले लमजुङ जिल्लाको सुन्दर बजारमा बैंकिङ्ग सेवा विस्तारको क्रममा आफ्नो २६औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सन्राइज बैंक लिमिटेडका नायब महाप्रवन्धक श्री बलराम बिष्ट तथा लमजुङ्ग उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष श्री राम बाबु श्रेष्ठ द्घारा सयंुक्त रुपमा गरियो। सुन्दर बजारमा स-साना उद्योग एवं व्यवसायहरुको प्रवर्धन गर्नको लागि यस शहरमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ । साथै स्थानीय व्यक्तिहरुलाई स-सानो रकम बचत गर्ने बानी एवं उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले पनि शाखा विस्तार गरिएको बैंकका नायब महाप्रबन्धक श्री बलराम बिष्टले बताउनुभयो । सुन्दर बजारमा निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रुपमा स्थापित गराउन सफल सन्राइज बैंक लिमिटेडले सो क्षेत्रमा एउटा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने छ । यस शाखावाट अन्य शाखाहरुले प्रदान गर्ने सम्पूर्ण बैंकिङ्ग सेवा दिईने पनि बताईएको छ । सन्राइज बैंक लिमिटेडले हालसम्म १३ अर्व २८ करोड निक्षेप संकलन गरी १२ अर्व २५ करोड कर्जा तथा २ अर्व १० करोड लगानी गर्न सफल रहेको छ । यसैगरी बैंकले चाँडै नै राजधानीको बौद्धमा अर्को शाखा विस्तार गर्ने जनाएको छ ।
 






Quick Access
Internet-Banking


Personal SolutionBusiness SolutionAbout UsNews & EventsHome

© Sunrise Bank Limited 2008. All Rights Reserved.  Terms & Conditions
Developed by Yomari.