Sunrise Bank Ltd. launches 'Suryodaya Remit Bachat Khata'
2009-12-31 - News
Management Team at Press Meet at launching of the Suryodaya Remit Bachat Khata
प्रेश बिज्ञप्ती
काठमाण्डौं, पुस १६,२०६६। सन्राइज बैंक लिमिटेडले रेमिटेन्स सेवालाई अझ प्रभावकारी एवं आकर्ष वनाउनका लागि " सूर्योदय रेमिट बचत खाता " नामक नयाँ सेवा सुरु गरेको छ । अहिले ब्रि्रेषणको रकम ठूला ठूला योजनामा लगानी भन्दा उपभोग्य वस्तु तथा सेवा, घरजग्गा खरीद तर्फप्रवाह हुंदै गएकोले ब्रि्रेषण सेवा उत्पादनमूलक क्षेत्रमा प्रभावित होस भन्ने उद्देश्यले सूर्योदय रेमिट बचत खाता संचालनमा ल्याइएको बैंकका महाप्रबन्धक सुमन न्यौपाने बताउनुहुन्छ । यो नयां सेवाको लागि बैंकमा नेपाली रुपैयाँमा सूर्योदय रेमिट बचत खाता खोल्ने गा्रहकहरुका लागि ७ देखि ७.२५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने ब्यवस्था गरेको छ।
साथै विदेशबाट सूर्योदय रेमिट मार्फ अमेरिकी डलरमा सूर्योदय रेमिट बचत खाता खोल्ने ग्राहकका लागि २ प्रतिशत ब्याज प्रदान गरीने बैंकले जनाएको छ । यो नयाँ सेवामा दैनिक मौज्दातमा ब्याज प्रदान गर्ने , शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क अनलाइन बैकिङ्ग सुविधा, होम लोनको प्रोसेसिङ्ग शुल्कमा ०.५० प्रतिशत छुट , चाहे अनुसारको रकम झिक्न वा राख्न सकिने, निःशुल्क चेक बुक, लकर सुविधामा ५० प्रतिशत छुट, खाता खोलेका ग्राहकका साथर्ैर् इच्र्छाईएका व्यक्तिलाई पनि निःशुल्क डेबिट कार्डको थप सुबिधा प्रदान गरिने बताइएको छ ।
यस सेवामा पहिलो पटक ७ प्रतिशत र सोही ग्राहकले थप ५ जना नयां ग्राहकलाई खाता खोल्न ल्याएमा उक्त ग्राहकलाई ०.२५प्रतिशत व्याज थप गरी ७.२५ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ। हाल बैकका २५ शाखाहरु रहेका छन् र २०० भन्दा वढी ब्रि्रेषण भुक्तानी गर्ने स्थानहरु छन्। सन्राइज बैंक लिमिटेडले आउंदो सोमवारदेखि लमजु‹ जिल्लाको सुन्दर बजारमा आफ्नो २६ औं शाखा संचालनमा ल्याउने भएको छ।