News & Events

Text Size: Decrease text size Increase text size

दोश्रो वार्षिक साधारण सभाको सूचना
2009-12-07 - News

सनराइज बैंक लिमिटेड
गैह्रीधारा चोक, काठमाण्डौको

दोश्रो वार्षिक साधारण सभाको सूचना:

मिति २०६६ साल कार्तिक १५ गते - (1st November 2009) बसेको यस बैंकको संचालक समितिको ३४औं वैठकको निर्णयअनुसार यस बैंकको दोश्रो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न बिषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएको हुंदा शेयरधनी महानुभावहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

सभा बस्ने मिति समय र स्थान:
मितिः २०६६ साल पौष १७ गते शुक्रवार - (Friday, 1st January 2010)
समयः दिउंसो २ बजे देखि।
स्थानः त्रिभुवन आर्मी अफिसर्स क्लब, टुंडिखेल, काठमाण्डौ।

छलफल तथा निर्णयका लागि निर्धारित बिषय सूची:
१. अध्यक्षको मन्तब्य सहितको संचालक समितिको वाषिर्क प्रतिवेदन पारित गर्ने।
२. लेखापरिक्षकको प्रतिवेदन सहित २०६६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.ब. २०६५/६६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह बिबरण माथि छलफल र पारीत गर्ने।
३. विशेष प्रस्ताव:
क. वर्तमान चुक्ता पूंजी बृद्धि गरी रु. दुइ अरब पुर्‍याउन प्रति १० शेयर बराबर ६ शेयरको अनुपातमा बर्तमान शेयरधनीहरुको लागि हकप्रद शेयर जारी गरी सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने।
ख. प्रबन्धपत्र तथा नियमावलीको संशोधन सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने।
४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०६६/६७को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने।
५. बैंकको प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने "ख" समूहका संचालकहरुको निर्वाचन गर्ने।
६. विविध।

संचालक समितिको आज्ञाले,
कम्पनी सचिव

साधारण सभा सम्बन्धी अन्य जानकारी:

१. वार्षिक साधारण सभालाई ध्यानमा राखी मिति २०६६।८।२४ गते देखि २०६६।९।१७ सम्म बैंकको शेयर दाखिल खारेज दर्ता बन्द रहने छ । नेपाल स्टक एकस्चेन्ज लिमिटेडमा मिति २०६६।८।२३ गतेसम्म कारोबार भई मिति २०६६।९।१ गतेभित्र यस बैंकको शेयर शाखा, न्यूरोड, काठमाण्डौमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा मतदान गर्न पाउने छन्।
२. वार्षिक साधारण सभामा भाग लिन इच्छुक संस्थापक शेयरधनी महानुभावहरुले बैंकले जारी गरेको प्रवेशपत्र, शेयर प्रमाणपत्र वा आफ्नो परिचय खुल्ने प्रमाण वा सोको प्रतिलिपि अनिवार्य रुपमा लिई आउनुहुन अनुरोध छ।
३. शेरयधनी महानुभावहरुको उपस्थिति पुस्तिकामा दस्तखत गर्न शेयरधनी उपस्थिति पुस्तिका विहान ११:३० बजे देखि सभा समाप्त नभए सम्म खुल्ला गरिने छ।
४. साधारण सभामा भाग लिनका लागि प्रतिनिधि -प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले प्रचलित कम्पनी कानूनले तोकेको ढांचामा प्रतिनिधिपत्र -प्रोक्सी) फारम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ७२ घण्टा अगावै बैंकको मुख्य कार्यालय गैह्रीधारामा दर्ता गर्राई सक्नु पर्नेछ। बैंकको शेयरधनी बाहेक अरुलाई दिएको प्रोक्सी बदर हुनेछ ।
५. एक जना शेयरधनीले एकभन्दा बढीलाई प्रतिनिधि -प्रोक्सी) मुकरर गरेमा प्रतिनिधि -प्रोक्सी) स्वतः बदर हुनेछ। तर, प्रतिनिधि -प्रोक्सी) नियुक्त गरिसकेपछि सम्बन्धित शेयरधनीले प्रतिनिधि फेरबदल गर्न चाहेमा यस अघि दिएको प्रतिनिधिपत्र -प्रोक्सी) बदर गरी यो प्रतिनिधिपत्र -प्रोक्सी) लाई मान्यता दिइयोस् भन्ने छुट्टै पत्र सहित प्रोक्सी फाराम बैकको मुख्य कार्यालय सभा शुरु हुनुभन्दा कम्तीमा ७२ घण्टा अगावै दर्ता गराएको अवस्थामा अघिल्लो प्रतिनिधिलाई स्वतः बदर भएको मानी पछिल्लो प्रतिनिधि -प्रोक्सी) लाई मान्यता दिइने छ।
६. माथि नं. ५ मा उल्लेखगरेको दिन कुनै र्सार्वजनिक विदा पर्न आएछ भनेतापनि सो दफाहरुमा उल्लेखित प्रयोजनको निमित्त बैंकको कार्यालय एवं निर्वाचन अधिकृतको कार्य कक्ष खुल्ला रहने छ।
७. प्रतिनिधि नियुक्त गरी सकेको शेरधनी आफै सभामा उपस्थित भई हाजीर पुस्तिकामा दस्तखत गरेमा निजले दिएको प्रतिनिधि -प्रोक्सी) स्वतM बदर हुनेछ।
८. एकभन्दा बढी व्यक्तिहरुको संयुक्त नाममा शेयर दर्ता रहेको अवस्थामा र्सवसम्मतबाट प्रतिनिधि चयन गरिएको एकजनाले मात्र वा लगत किताबमा पहिलो नाम उल्लेख भएको व्यक्तिले सभामा भाग लिन सक्ने छन्।
९. नाबालक वा मानसिक सन्तुलन ठीक नरहेको शेयरधनीहरुको तर्फबाट बैंकको शेयर लगत दर्ता किताबमा संरक्षकको रुपमा नाम दर्ता भईरहेका महानुभावहरुले सभामा भागलिन, मतदान गर्न वा प्रतिनिधि तोक्न सक्नु हुनेछ।
१०. छलफलका विषय मध्ये बिबिध शीर्षक अर्न्तर्गत विशेष प्रस्ताव भएमा छलफल गर्न इच्छुक शेयरधनी महानुभावहरुले सभा हुनु भन्दा ७ दिन अगावै छलफलको बिषय कम्पनी सचिव मार्फत संचालक समितिको अध्यक्षलाई लिखित रुपमा दिनु पर्नेछ।
११. शेयरधनी महानुभावहरुले व्यक्त गरेको मन्तव्य तथा प्रश्नहरुको सम्बन्धमा संचालक समितिका तर्फबाट सामुहिक रुपले उत्तर दिइने छ।
१२. यस बैंकको समूह "ख" र्सवसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पद २ - -दुइ) को निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले तोके बमोजिम बैंकको प्रधान कार्यालयमा साधारण सभा हुनु भन्दा १५ दिन अघि बैंकको सूचना पाटीमा प्रकाशित गरिने छ। निर्वाचन सम्बन्धी निर्देशिका यस बैंकको मूख्य कार्यालय, गैह्रीधारा तथा शेयर अपरेशन -बिभाग), न्यूरोडबाट तोकिएको शुल्क तिरी प्राप्त गर्न सकिने छ।
१३. संचालक पदमा उम्मेदवार हुन चाहने शेयरधनीले निर्वाचन कार्यक्रममा तोकिएको अवधिभित्र एकजना शेयरधनी प्रस्तावक र अर्को एकजना शेयरधनी समर्थक सहित बैंकले तोकेको ढाँचामा बैंकको केन्द्रीय कार्यालयमा अवस्थित निर्वाचन अधिकृतको कार्यकक्षमा आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ।
१४. साधारण सभा सम्बन्धमा थप जानकारी आवश्यक परेमा कार्यलय समयभित्र बैंकको प्रधान कार्यलय गैह्रीधारामा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ।
१५. सुरक्षाको दृष्टिकोणले शेयरधनी महानुभावहरु सभा स्थलमा आउदा झोला, ब्याग जस्ता बस्तुहरु नलिई आउनु हुन अनुरोध छ। आवश्यक देखिएमा सुरक्षाकर्मीले सुरक्षा जाच गर्न सक्ने हुदा सो कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ।

पुनश्च:
कम्पनीको संक्षिप्त आर्थिक विवरण शेयरधनी महानुभावहरुको सम्बन्धित ठेगानामा पठाइएको छ। कदाचित शेयरधनी महानुभावहरुले सो विवरण प्राप्त गर्न नसक्नु भएको भए तापनि कम्पनी ऐन २०६३ अनुसारको बाषिर्क आर्थिक विवरण, संचालक समितिको प्रतिवेदन र लेखा परिक्षकको प्रतिवेदन समावेश भएको बैंकको वाषिर्क प्रतिवेदन तथा आ.व. २०६५।६६ को संक्षिप्त वाषिर्क आर्थिक विवरण शेयरधनी महानुभावहरुले कम्पनीको वेभ साइट बाट डाउनलोड गरि प्राप्त गर्न सक्ने व्यहोरा जानकारीका लागि सूचित गरिन्छ। साथै शेयर प्रमाण पत्र बितरण, Refund Cheque वितरण तथा Signature verification जस्ता कार्यहरु मिति २०६६।९।८ गते देखि २०६६।९।१७ गते सम्म बन्द रहने व्यहोरा समेत यसै मार्फ जानकारी गराइन्छ।
 


Visit site for more information: http://www.sunrisebank.com.np/annual-report/




Quick Access
Internet-Banking


Personal SolutionBusiness SolutionAbout UsNews & EventsHome

© Sunrise Bank Limited 2008. All Rights Reserved.  Terms & Conditions
Developed by Yomari.